हा हा हा !!!!

१. एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

___________________________________________________

२. एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।

कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी :

ल यो लिनुहोस् राम्रो छान्नुस :

कती पर्छ यसको ? साहुजी : ५००

ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन त ।

___________________________________________________

३. एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

___________________________________________________

४. स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?

लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

___________________________________________________

५. एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?

अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छसाथी : हो र ?

अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु

___________________________________________________

६. लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।

स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?

लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

___________________________________________________

७. एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।

बुढा : बाबु तिमी के गर्दै छौ ?

बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।

बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?

बच्चा : अब भागौ .......

___________________________________________________

८. पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन ___________________________________________________

९. बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ क्यसियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

___________________________________________________

१०. स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ। "स्वास्नी : "कस्तो भ्रम?? "लोग्ने : "म निदाएको थिए भनेर!!

___________________________________________________

११. तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो , एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो

___________________________________________________

१२.युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले । एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ॥बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ

___________________________________________________

१३.शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ? राम : ३ प्रकारको सर शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउत राम : सर ,मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

___________________________________________________

१४.पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।

अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?

पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।

____________________________________________________

१५.शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो ,अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो ,सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

____________________________________________________

१६.भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।

साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?

भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

____________________________________________________

१७. एउटा प्रेमिलाई प्रेमिकाले फोन गरेर भनिन्, मेरो घरमा कोही पनि छैन तिमी आउन्...प्रेमी खुशी हुँदै प्रेमिकको घर पूगयो तर साचिकै घरमा कोही पनि थिएन ।

____________________________________________________

१८. प्रेमि:- बिहान खेर कसको अनुहार देखिएछ्, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन । प्रेमिक:- मैले भनेको मान्दैन । त्यो तिम्रो बेडरुममा भएको ऐन हटाइदेउ, नत्र सधै यस्तै होला ।

____________________________________________________