म त भन्छु भगवान आखाँ नबनाउ, हैन भने राम्री राम्री केटी नबनाउ, बनाउनै भए देखी म भन्दा जेठी नबनाउ । दौरा बनाउ भगवान भोटो नबनाउ, लुगा बनाउ भगवान छोटो नबनाऊ, पेन्ट बनाउ भगवान टाइट नबनाऊ, बस्ने बनाउ भगवान खस्ने नाबनाऊ । पुरानमा लेखिएको असजीलो देखिएको मात्री सत्ता र प्रीती सत्ताको जथ्था उपनाको रुपमा हेर्न सक्छौ, नारिलाई अधिकार दिने चलन देउताको पालादेखी चलेको न खोस्न सक्छौ न फेर्न सक्छौ । धन लक्ष्मीलाई,शिक्षा सरस्वती लाई, शक्ती दुर्गालाई विचरा माहदेवले के लिए बाघको छाला र सर्पको माला, श्रीमती पार्वतीको गहना र लुगा हेर्दा आखा तिरमिराउछ धपक्क बलेर्, श्रीमान माहादेब नाङगै हिडनु भयो जिउभरी खरानी दलेर । हाम्री स्वास्निले त टाउको मा जूम्रा पर्दा टिपेर फयालिदिन्छे महादेब्को घाटिमा तेत्रो गोवन सर्प बेरिदा हेरिरहने पार्वती कस्ती मान्छे, हामी अलिकती रक्सी पिउदा श्रीमती छेक्न आउछे भन्छी नपिउनुस रक्सिले फाइदा गर्दैन्, महादेवले विष पिउदा छेक्न जान पर्छ कि पर्दैन । की त अडिक महादेवले पार्वतीलाई कुटेको हुनुपर्छ नत्र पार्वतीलाई अर्को रिस उठेको हुनुपर्छ । कुनै पुरानमा देउताले स्वास्नी कुटेको कथा आउ दैन किन गोप्य राखिन्छ । हामीले स्वास्नी लाई छुस्स छुयौ भने भोली पत्रीका मा छापिन्छ । मेडम पार्वती को मनसा य के हो किरात रुप लिएर मृग स्थलामा मोज गर्न जादा पछी पछी लखेटने रोध रुप लिएर गोसाइकुण्डमा डुबन जादा वास्ता नगर्ने, पार्वतीले प्रेम गरेकी भए किन सात वर्षकी गोमा सित विहे गर्न जानु पर्थ्यो, दही दुध खन दिएकी भए विष भाङग धतुरो किन खान पर्थ्यो । मायाकै कुरा गर्दा पार्वती ले महादेव लाई जीवन मा एकचोटी चुम्वन गरेको प्रमाण भेटिन्छ्, तेही लिबिस्टिक को डाम्ले बनेको वुट्टालाई तेस्रो नेत्र भनेको हुनुपर्छ । सबै पुरानका कथा हेर्नुस त्यहाँ तपस्या तुलना गर्नुस महादेवले मरेकी स्वास्नी लो लासलाई काधमा बोकेर संसार भ्रमण गर्नुभो १६ हजार गोपिनी कहाँ गए मर्ने बेल कृष्णजी एक ले पर्नुभयो, यसको पनि सोध खोज हुनुपर्छ । त्यसैले अधिकार मात्र भनेर हुँदैन माता दाइतो पनि बोध हुनुपर्छ । उता विष्णुलाई हेर्नुस संसारमा सबैभन्दा धनी श्री मतिको पतिको गती त्यो अथा सम्पतिले के गर्यो एउटा १४ चारणाको घडेरी नपाएर समुद्रमा गएर सर्पमाथि ओछ्यान लगाएर सुतनु पर्यो । तेत्रो सम्पती बहान लक्ष्मीले सिबिल होम म एक फ्लयाट किनिदेकी भए जेन तेन विष्णु को दिन टरथियो । लक्ष्मीको पनि प्रेम प्रसङ कमजोर नै देखिन्छ नत्र किन विष्णुले जलन्दारकी स्वास्नी बृन्द्राको पछी पर्थ्यो ।देउताको मोज मज्ज,महादेवलाई गाजा लक्ष्मीलाई दिपावलि, पार्वतीलाई ढलिमली दुर्गालाई खसि,बिष्णुलाई सधै एकदशी । कहिले हरी साइनी कहिले हरी कोल्टनी कहिले हरी बोधनी के खान्छ्स भनेर कसैले न सोध्ने, अब ब्रमह्को कुरा गर्नुहोस्, संसारमा वस्ने मन्छेको कत्रो फुर्ती छ, संसार सुष्टी कर्ताको न कुनै मन्दिर छ न कतै मुर्ती छ । धर्तिको सर्जना गरेर पनि किन कमलको फुल्मा वस्नुपथ्यो । सम्पुर्ण चिज सुष्टी गर्ने ले जाबो एउटा टोपाज बेलेट बनाउन न सकेर बिन लादेनको जस्तो दार्ही पालेर बस्नु पथ्यो । सबै पुरानको पुराना कुरा चार मुख भएको ब्रम्ह चार हात भएको बिष्णु दश टाउको भएको रावण लेखने मुर्ख कि पत्याउने मुर्ख हेर्नुस लेखक वाट गलत व्याख्या महापुरुषको चारित्र हत्या रावण जस्तो ज्ञानि तप्सिले अरुको स्वास्नी भ गाएको राम जस्तो पुरसोतमले गर्वनी स्वास्निलाई जंगल पुराएको युष्टिर जस्तो सत्यबादिले युद मैदान्मा ढाटेको लक्ष्मण जस्तो विर योदले अवला नारिको नाक कान काटेको, खैत नारिहरुले यो कुरा बुजेको किन राम लक्ष्मणलाई पुजेको,सबैले रामायाण कण्ठ बनाएकै छन राम मन्दिर मा घण्ट बाजाएकै छन्, नारिहरुको आरोप लक्ष्मणले भाउजुलाई एकले छाडेर किन भागेको,पुरुषहरुको आरोप सिताले लक्ष्मण रेखा किन नागेको । पुराना पुरानका नयाँ प्रशन राम चन्द्र चौध वर्ष वनमा जादाँ दार्ही जुगाँ बाडेको देख नु भा छ,सुन्नु भा छ त्यही वनमा वस्ने ऋषिको आकार हेर्नुस दार्ही सधै सुकुमार राम चन्द्र भगवान 7 o'clock बिलेट को व्यापारी हो अर्को कुरा हेर्नुस गजमुन्टे गणेश हात्ती टाँउको मान्छेको घाटिमा जोडन कतै साइज मिल्छ्,जोड्ने को थियो कसले जोडेको महादेव्ले भएको भए नामको आगाडी डा.महादेव किन नलेखेको । हेर्नुस कथा सेती देवी वाउको द्क्ष्य प्रजापती को घा टिमा बोकको टाउँको जोड्ने को थियो,नन्दी भ्रीन्द्री चौसठी योगनी नन्दी भनेको साडे,डाक्टर पान्डे काटेको औंला जोड्न नसक्ने देशमा साडेले बोकाको टाउको मान्छेको घाटिमा जोडेको पत्याउने कस्तो,के पत्याउने कती पत्याउने हरे भ गवान कृष्ण्ले उतरा को मा गएर परिष्ठिलाई बचाउनु भयो रे हामीले के बुझ्ने ठाँउ ठाँउ म यस्ता जटिल कुरा व्याख्या भएको छ,सबैलाई थाहा छ गर्व मा जाने बाटो काँहा छ । यस्ता कथा जावर जस्ती सोचिएको हो,होइन भने भगवान गाइनोकोलोजिष्ट भन्न खोजिएको हो । के पत्याउने कती पत्याउने हरे खेत जोतेर सिता निस्किन रे पहिलो कुरा राजा जनक हो कि हलि, यो प्रशन लेखक कस्ले कल्लाई सोध्छ राजा भए राजा ले खेत जोत्छ्,खेत जोतेर कही मान्छे जन्मन्छ । हामीले खेत जोतेर आन्न खान पाइदैन मान्छे जन्माउन के गर्नु पर्छ हामीलाई थाहा छैन्,खेत जोतेर राम्री सुन्दरी पाउने भए किन एश्वर्या चाहिन्थियो,गरा गरा मा विश्व सुन्दरी पाइन्थियो । बिहान हलौ भिर्दा आमिता वचान मेला मा निस्कन्थियो बेलुका बुहारी लिएर फर्कन्थियो । यस्तै हो बेद व्याख्या चल्ती उपन्यास लेख्छन पाठक लाई मुर्ख ठन्छ्न । देउतालाई घाँस हालेर भात खाने मान्छेहरु बाँदर लाई देउता भन्दा विज्ञानलाई रावण भन्छन ।