भनिन्छ, प्रेम हेराइबाट सुरु हुन्छ । बोलिबाट नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ । र कहिले मिलन त कहिलविछोडमा टुगिंन्छ । त्यसैले प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ ।
___________________________________________________
रात ढलिसकेछ निन्द्रा परेन,मनको आशु झरे पनि दु:ख झरेन। निदाउँ भन्छु कोल्टे फेर्छु,झझल्कोमा तिमी आउछ्यौ म त एक्लै हुन्छु......
___________________________________________________
पर्खी बसे दोबाटोमा तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन..
___________________________________________________
कति प्यारो छौ तिमी मेरो लागि
मुटुमा बसेकी छौ सधैको लागि
हरपल तिमीसंग बसिराहु झै लाग्छ
हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ
हरेक बिहानीको पहिलो किरण संगै
उदाउछौ तिमी मेरो मनमा
हरेक बिहानीको पारिलो घाम संगै
न्यानो को आभाष दिलाउछौ मेरो तनमा
___________________________________________________
माया त बस्यो फेरी किन छुट्नु पर्दो होला
केही क्षण बिछोडदिदैमा किन आसु झर्दोहोला
चोखै माया लाए पनि किन बिछोड हुन्छ होला
उनिलाइ नै सम्झी सम्झी यो मन किन रुन्छ होला?
तिम्रो सम्झनाले मलाई तड्पाइ तड्पाइ मार्ने भयो
सुख्खा यि नयन हरुमा साउने झरि झार्ने भयो
यो मन सार्है खुशी हुन्छ सपनिमा आइदिदा
फेरी यो मन रोइ दिन्छ बिपनि मा नपाई दिदा
___________________________________________________उडिजाने बदल को छाया जस्तो छती भित्र उकुसा मुकुस बेरही को माया जस्तो आंगै आगो चारै तिर पोली दिने बेथा जस्तो तिम्रो माया हाम्रो माया बटुवा को कथा जस्तो !!!!!
___________________________________________________
बोल्न सक्दिँन
किन किन भेट हुँदा बोल्न सक्दिँन
मनका सारा खुशी तिम्रा सामु पोखन सक्दिँन
तिम्रा आखाँमा, आखाँ जुधाई हेर्न सक्दिँन
किन किन भेट हुँदा मन खोली बोल्न सक्दिँन
टाढा भएजस्तो लाग्छ संगै नजिक हुँदा पनि
मनको कुरा मनमै हुन्छ दु:खले मुटु छेडदा पनि
किन किन भेट हुँदा बोल्न सक्दिँन ।
___________________________________________________
असहय यि घातहरु
छाड्यो किन अन्जान मेरा समाएका हातहरु
दियौं किन मुटुभरी असहय यि घातहरु
भन्थ्यौं अन्जान साथ दिन्छु सात जन्म सम्म
गर्यौ किन झुटो साबित बिगतका वातहरु
छाड्यो किन अन्जान मेरा समाएका हातहरु
दियौं किन मुटुभरी असहय यि घातहरु
गरेथ्यौं वात अन्जान संगै मर्ने संगै वाँच्ने
दोवाटोमै पुगेर छाडयौ किन साथहरु
हुन्न सानो ठुलो भन्दै गरेथ्यौ पहिले तिम्ले वात
बिचमा आइ खोज्यौ किन मायामा फेरी
___________________________________________________
उतैतिर सल्कियो
नबोलेरै मेरो भाव तिमीतिरै ढल्कियो
कुन्नी किन यो मन पनि उतैतिर सल्कियो
अपसराले डाहा गर्ने रुपकी रै छौ रानि राजी
भयो यो मन अनि तिम्रो पाउंमा ढलिक्यो
गाजलुले आँखा छोप्ने मृग तृष्णा नयनहरु
तिम्रो माया झलझली यो मनभरी ढल्कियो
इन्द्रेणिको रंग चो रि तिमीले नै ओढेजस्ति
मन्द मुस्कान अनि गालाको डिम्पल पनि आँखभरी झल्कियो
___________________________________________________
पाइनँ
तिम्रो साथ मैले यो जु निमा पाइनँ
सगैं जिउने नाता तोडदै तिमी सामु आइनँ
तिम्रा लागी के के गर्न सबै तयार हुन्थे
झुटो कसम अमृत मानी सगै वाचाँ खाइनँ
तयार हुन्थे जिउ-ज्यान दिन तिमीलाई
खुशी सबै रितो हुँदा दु:खी हुन चाहिन
ह्रदयमा तिम्रो तस्बिर मुटुभरी माया
सम्झना छ धेरै धेरै हाँसो लुट्न छाइनँ
अर्को जु नि तिमीसगै सगै जिउन पाउँ
मल्हम घस्ने घाउ मा शिव चोट दिन धाँइन
___________________________________________________
बयान म गर्न सक्दिनँ
नशालु तिम्रो रुपको बयान म गर्न सक्दिनँ
मिठो बोलिभित्र लुकेको मिठास सुन्दा
लजालु तिम्रो रुपको बयान म गर्न सक्दिनँ
सुन्दरता र उदारता निर्दोश तिम्रा नयनहरु
खुसालु तिम्रो रुपको लौ बढाउ हातहरु
एकोहोरिएर टुलुटुलु हेर्ने तिम्रो चेहरा
दयालु तिम्रो रुपको बयान म गर्न सक्दिनँ
पुर्णिमाको चन्द्र हो कि फकृएको गुलाव भनौ
मायालु तिम्रो रुपको वयान म गर्न सक्दिनँ
___________________________________________________
नचाहँद-नचाँहदै
आज जीवनको एउटा कथा सुनाइरहेछु
नचाहँदा नचाँहदै पनि आँसु बगाइरहेछु
जस्तो थियो हिजो नाता आज टुटेर गैगयो
त्यती चोखो हाम्रो माया आज पुरानो भैगयो
आज त्यही मायाको गित गाइरहेछु
नचाहँद-नचाँहदै पनि आँशु बगाइरहेछु
उनको र मेरो प्रेमकथा आबदेखी टुङगियो रे
आज फेरी मेटिएको कथा सम्झी रोइरहेछु
नचाहँद-नचाँहदै पनि आँशु बगाइरहेछु
___________________________________________________
आज त्यही तस्बिरले
तिमीलाई पिरोल्दै होला , आज त्यही तस्बिरले
आँखा तिम्रो छिचोल्दै होला, आज त्यही तस्बिरले
कती सुन्दर थियो, पलपल बिगत हाम्रो
भुतकल बोल्दै होला, आज त्यही तस्बिरले
खाका कोर्दै भबिष्यको गथ्यौ हामी कुराहरु
अमृत पनि घोल्दै होला, आज त्यही तस्बिरले
मिठो बिगत्, क्षणिक भेट सम्झिएर आज फेरि
नेपाल्थ्मा सिसोल्दै होला, आज त्यही तस्बिरले
छरपष्ट जिन्दगीको, त्यही एल्बम खोली हेर्दा
हाम्रो जिन्दगी खोल्दै होला, आज त्यही तस्बिरले
___________________________________________________