तास सम्वन्धी रोचक जानकारी

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।
अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । Leap Year अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा Leap Year को लागी हो ।
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।
____________________________________________________

अचम्मको कुरा

१.सुन्ने शक्ति
यस पृथ्वीमा भएका प्राय सबै प्राणिहरु कानले सुन्ने गर्दछन । तर कृकेट्स नामक जिव घुडाले सुन्द्छ भन्ने सिकडा नामक समुन्द्री जिव पेट्ले सुन्ने गर्दछ ।
___________________________________________________

२.कछुवलाई मृत्युदण्ड

हत्याको अभियोगमा जुलाई 1981 मा एक कछुवालाई मृत्युदण्ड्को सजाए सुनाइएको थियो । द्क्षीणि अफ्रीका को क्यासिनको एक गाउँमा त्यहाँका आदिवासिहरुको ६ जना मानिसको हत्याको शंकामा एक कछुवालाई दोषी ठहप्याएको थियो । उनिहरुको विश्वास थियो कि कुनै जादुद्रारा कछुवाले नै ति मानिस हरुलाई मारेको हुनु पर्दछ । त्यो कछुवालाई साङ्लोद्रारा रुखमा बाँधियो पछी सरकारले त्यो मृत्युको जाँच गर्ने कसम खाएपछी मात्र उक्त कछुवालाई मुक्त गराइ जीवनदान दिएको थियो ।

___________________________________________________



३.दुई प्रकार को दुध

पोथी रातो कंङगारू एकै समयमा आफ्नो स्तन वाट दुइ प्रकारको दुध दिने गर्दछ । यस्तो प्रकारको कंङगारू प्राय अष्ट्रेलियामा पाइन्छ ।

___________________________________________________

३.भाले आमा

जन्तु जगतमा समुद्री घोडा एक यस्तो प्रजाती हो, जसमा भालेले वँच्चा जन्माउँछ वास्तवमा भालेको पेटमा एक प्रकारको थैली हुन्छ । जहाँ पोथिले निकालेको अण्डा भालेले राख्दछ । जव ति अण्डाहरुबाट वच्चा निस्कन्छ्न तव यस्तो लाग्छ कि भालेले वच्चा जन्माउँदो रहेछ ।

___________________________________________________

४. सर्वाधिक टाटु

न्युजिल्यान्डका लक्की डाइमण्ड रिच को शरिरमा सर्वाधिक टाटु भएका व्यक्ती हुन । उनको शरिर मा छाला देखिने भागभरी टाटु छ । उनको आफ्नो शरिरमा १ सय भन्दा बढी टाटु आटिस्ट्को सहयोगमा १ हजार भन्दा बढी घन्टा खर्चेर टाटु खोपाएका हुन ।
___________________________________________________

५.सबैभन्दा लामो रोष्ट

मेक्सिकोमा वार्षिक रुपमा आयोजना हुने रोष्ट डि रियास महोत्सवमा यो वर्ष तयार पारिएको रोष्ट अहिले सम्मकै सवार्धिक लामो मानियो । ६ सय २० मिटर लामो रोष्ट १२ हजार किलोग्रामको थियो । उक्त परिकार २ लाख ५० हजार व्यक्तिलाई खान दिइएको थियो ।

___________________________________________________

५.तिब्र गतिको पौडि

सबैभन्दा तिब्र गतिले पौडी खेल्न सक्ने मनिसले प्रतिघन्टा सढे ९ किलोमिटर दुरी पार गर्न सक्छ भने सोही समयमा डल्फिन्ले ५६ किलोमिटर दुरी पार गर्न सक्छ ।

___________________________________________________

६.मुसा

पानी नपिई लामो समय सम्मा वाँच्चने प्राणी उटँलाई मनिए पनि अनुसन्धानले उटँभन्दा मुसा लामो समय सम्म पानी नपिई वाँच्न सक्ने देखाएको छ ।

___________________________________________________

७.बढी तौलको मस्तिष्क
मनिसको मस्तिष्कको तौल सरदर १ हजार ३ सय ७५ ग्राम हुन्छ । रुसका उपन्यासकार तुर्गनेमको मस्तिष्कको तौल २ हजार २१ ग्राम थियो ।
___________________________________________________

हा हा हा !!!!

१. एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

___________________________________________________

२. एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।

कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी :

ल यो लिनुहोस् राम्रो छान्नुस :

कती पर्छ यसको ? साहुजी : ५००

ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन त ।

___________________________________________________

३. एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

___________________________________________________

४. स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?

लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

___________________________________________________

५. एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?

अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छसाथी : हो र ?

अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु

___________________________________________________

६. लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।

स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?

लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

___________________________________________________

७. एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।

बुढा : बाबु तिमी के गर्दै छौ ?

बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।

बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?

बच्चा : अब भागौ .......

___________________________________________________

८. पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन ___________________________________________________

९. बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ क्यसियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

___________________________________________________

१०. स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ। "स्वास्नी : "कस्तो भ्रम?? "लोग्ने : "म निदाएको थिए भनेर!!

___________________________________________________

११. तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो , एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो

___________________________________________________

१२.युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले । एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ॥बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ

___________________________________________________

१३.शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ? राम : ३ प्रकारको सर शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउत राम : सर ,मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

___________________________________________________

१४.पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।

अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?

पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।

____________________________________________________

१५.शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो ,अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो ,सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

____________________________________________________

१६.भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।

साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?

भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

____________________________________________________

१७. एउटा प्रेमिलाई प्रेमिकाले फोन गरेर भनिन्, मेरो घरमा कोही पनि छैन तिमी आउन्...प्रेमी खुशी हुँदै प्रेमिकको घर पूगयो तर साचिकै घरमा कोही पनि थिएन ।

____________________________________________________

१८. प्रेमि:- बिहान खेर कसको अनुहार देखिएछ्, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन । प्रेमिक:- मैले भनेको मान्दैन । त्यो तिम्रो बेडरुममा भएको ऐन हटाइदेउ, नत्र सधै यस्तै होला ।

____________________________________________________

मेरी श्रीमती

म भन्छु के हो नारि, खुशी हुँदा फुलवारी रिसाउँदा सिसनुघारी । कोही भन्छ स्वास्नी घर कार्यालय हो गृह मन्त्रालय अन्तर्गत पर्छ । म भन्छु स्वास्नी कर कार्यालय हो अर्थमन्त्रालय अन्तर्गत पर्छ । रासन पानी, दुध्, ग्यास्, विजुलि, धारा तिर्नुपर्ने सारा, उनिहरुले कमाको चाही निजी रे, हामीले कमाको चाही साँझा हामी चाही ठेकेदार्, ठेकेदारी भए किन मागे वरबारी अधिकार । यो श्रीमती भन्ने चिज अच्चम हो, कुरा गरेर मात्र काँहा हुन्छ । मोटरसाइकल पछाडी राखेर हेर्नुहोस अनि थाँहा हुन्छ । Wait (तौल्) हेरो नेपाल ग्यासको सिलिनडर जस्तो कानमा कराउछिन माइक्रो बसको किलिन्डर जस्तो, अर्काले सुन्दा Relation cut हुन लागेको जस्तो, च्यार्,च्यार्,च्यार्,च्यार ट्रासमिटरमा भोल्टेज बढी भएर विजुली सट हुन लागे जस्तो । कठालो मा समातेर ताने हुन्छ आखाँ डुलाउन त chance नै छैन्, केटी हेर्न त परै जाऔस सडकको पेटी हेर्न समेत पाइदैन, के भन्ने श्रीमतिलाई नागरिकता भनौं लिने बेला फारम फर्न पर्दैन्, पासवड भनौ Renew गर्नुपर्दैन्, लालपुर्जा भनौ थोरै ति नोले पुग्दैन म्याद कहिले जदैन्, लाईन्सेज भनौ Wronge side वाट हिडदा Traffic ले समातेर लादैन । यो श्रीमती भन्ने चिज कस्तो कस्तो विवाहको मन्डव देखी औलो समातेर डोरयाको जिन्दगी भरी डोरयाउनु पर्ने पम्चर भाको मोटरसाइकल जस्तो, महिनामा तीन दिन त्रीपट्, चार दिन चौपट्, पाँच दिन पन्चट्, पन्ध्र दिन लम्पट वाकी रहयो तीन दिन कहिले हावा हाल्ने कहिले पम्च र टाल्ने । श्रीमतिको आँखा छलेर केटी हेरुम भने आजकलको केटिहरुको हेर्ने ठाउँनै छैन । काँहा हेर्ने, मुखम हेरुम क्वालिटी परेको ओठ्, शरिरमा हेरुम छाना नभाको भरिकोट । लुगा लाको ठाउँ हेरुम भने लाजमर्दो, नलागो ठाउँ हेरुम भने पनि लाजमर्दो । घर बस्दा हुन्गरुङ ग्राउन ओडेर बसेका हुन्छ्न्, शहर घुम्न जादाँ टिसिक्क स्कट कसेको हुन्छ । हेर्न मन लगेर यसो हेरेको त के हेरेको, के हेरेको होइन के बेरेको भन्दे मेरो पालो, छी कस्तो छुच्चा रे, हो देखाउने चाँही अच्छा हेर्ने चाँही छुच्चा, देखेको चिज हेर्न नपाउने हाम्रो आखाँ चाँही गुच्चा । अब अर्थमन्त्री जि ले जातिय विवाह र विधबलाई पैसा दिनुभाछ । आङा खस्ने महिलाहरुको चिन्ता लिनुभाछ्, चिन्ता लिनु पर्दैन हामी आफना श्रीमतिको आङ्ग खस्न दिदेनौउ, घरमै उपचार गर्छौ जे जे हुन्छ, हुन्छ । आङ्ग खसेर केहि हुँदैन पेन्ट खस्यो भने बर्बाद हुन्छ । बरु पेन्ट खस्न लगेको बहिनिहरुको कमरमा किला ठोकेर भए पनि पेन्ट अड्काउने वेवस्था गरिदिए हुन्छ ।

Online डेटिङ साइटहरु

This summary is not available. Please click here to view the post.

यहाँ हेर्नुस त !!!

नमस्ते मेरा सम्पुर्ण मित्रहरुलाई । तपाईंहरु सित पनि यस्तै किसिमका लेख रचनाहरु छन् वा मलाई कुनै सल्लाह सुझाव दिन चाहनु हुन्छ भने मेरो email id:-namasteprakash@yahoo.com मा तपाईं को सल्लाह सुझाव पठाउन सक्नु हुन्छ । तपाईंहरु को सल्लाह सुजाब हाम्रो लागि आवश्यक छ ।

इन्दिरा गन्धी र ६ अंक

कुनै पनि व्यक्तिहारुलाई कुनै खास काम वा आक्षरले विशेषरुपमा आफ्नो जीवन म प्रस्तुत गरेको हुन्छ वा अचानक रुपले संयोग मिलेको हुन्छ । त्यस्तै रोचक संयोग अंक ६ भारत्क भुतपुर्व प्रधानमन्त्री इन्दिरा गन्धिको जीवन्मा पनि मिलेको छ । केहि यस्तै संयोग हरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. उनको नाम INDIRA जुन ६ वटा अंग्रेजी अक्षरको छ ।

२. उनको थर GANDHI जुन ६ वटा अक्षरको छ ।

३. अर्को उहाँको दुबै छोराको नाम RAJEEB र SANJAY का नाम पनि ६ वटा अक्षरको छ ।

४. उनलाई मन पर्ने देश FRANCE पनि ६ वटा अक्षरको छ ।

५. उनको बोल्न सक्ने भाषा अंग्रेजी, हिन्दी,बंगाली, गुजराती, फ्रेन्स र जर्मन भाषा पनि ६ वटा नै छ ।

६. उनको वाबुको नाम JAWAHARLAL NEHRU यो १५ वटा अंक्षरका छन र यसको योग १+५= ६ नै हुन्छ ।

७. उनको रगत 'o' ग्रुपको छ जुन अंग्रेजी अल्फवेट अनुसार १५ औं अक्षरको हो र यसको योग १+५= ६ नै हुन्छ ।

८. उनि कांग्रेस कि अध्यक्ष १९५९ (1959) मा चुनिएकी थिइन र यसको योग पनि ६ नै हुन्छ । १+९+५+९= २४ (२+४= ६)

९. उनि ४२ वर्षको उमेर मा कांग्रेसको अध्यक्ष वनेकी थिइन र यसको योग ४+२= ६ नै हुन्छ ।

१०. उनले सबैभन्दा राम्रो वाहुमत ल्याइ चुनाव जितेको वर्ष १९७१ (1971) हो र जस्को योग १+९+७+१= १८ (६+६+६) नै हुन्छ ।

११. उनले चुनाव हारेको वर्ष सन १९७७ (1977) हो र जसको योग १+९+७+७= २४ (२+४=६) नै हुन्छ ।

१२. उनि पुन्: सत्तामा आएको वर्ष १९८० (1980) हो जुन जोड्दा ६ नै हुन्छ । १+९+८+० = १८ (६+६+६)

१३. उनको छोरा SANJAY विमान दुर्घट्नामा परी June 6th 1980 मा मरेक थिए जसको योग ६ नै हुन्छ । १+९+८+०= १८ (६+६+६)

१४. उनको आमा को नाम KAMALA हो र जसको योग पनि ६ नै हुन्छ ।